एजेन्सी । अमेरिकामा आगामी वर्षको सुरुमा नै औषधिको मूल्य अत्यधिक बढ्न सक्ने दाबी गरिएको छ ।
स्वास्थ्य सेवा अनुसन्धान फर्म (थ्रि एक्सिस एडभाइजर्स) ले गरेको अध्ययनअनुसार जनवरीको सुरुदेखि तीन सय ५० भन्दा बढी प्रकारका औषधिको मूल्य बढ्न सक्ने छ ।
बाइडेन प्रशासनले ल्याएको मुद्रास्फीति न्यूनीकरण ऐन का कारण औषधिको मूल्यमा असर पर्ने फर्मले जनाएको छ ।