काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले मन्त्रिपरिषद् विस्तारको काम अझै १०–१५ दिन लाग्न सक्ने संकेत गरेका छन्। अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन्।
आइतबार मदन भण्डारी स्पोर्टस् एकेडेमीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गरे।
उनले खेलाडीहरुले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरुको सो माग सरकारसमक्ष पुर्याउन आफू लागिपर्ने आश्वासन समेत दिए। नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाइ छ।
उनले बालबालिकाहरुलाई उचित संरक्षण गरेर सफल बनाउन पनि सरकार लाग्नुपर्ने आवश्यकता औंल्याए।
‘सरकारले खेल क्षेत्रलाई राम्रोसँग हेरेको छैन भन्ने कुरा तपाईंहरुको यो अभिव्यक्ति हेरोस् भन्ने चाहना र यो मागलाई सरकार समक्ष पुर्याउँछु। अहिले त खेलकुद मन्त्री नै छैन। केही दिन भित्र भन्दा पनि १०–१५ दिन लाग्न पनि सक्छ खेलकुद मन्त्री आउन। तर, १०र१५ दिन पछि भएपनि म खेलकुद मन्त्री जो बन्ला, उसलाई पनि यो तपाईंहरुको कुरा भन्छु। खेलाडीहरुको भनाई छ–खेल क्षेत्रलाई सरकारले हेरोस्। त्यो कुरा म सरकारसँग राख्छु।’