काठमाडौं । गृहमन्त्री रवि लामिछानेले बोलाएको प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका सदस्यहरुको बैठक जारी छ।
सोमबार बिहान ९ बजेबाट गृहमन्त्रालयमा भर्चुअल रुपमा बैठक बसेको हो। सुरक्षास्थितिको जानकारी लिन बैठक बोलाइएको बताइएको छ।
बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी छन्।
त्यसपछि दिउँसो २ बजे विपद् व्यवस्थापन समितिको बैठक पनि आह्वान भएको छ। विपद् व्यवस्थापनमा पनि ७७ वटै जिल्लाका सिडिओहरु हुनेछन्।