मेयर बालेन शाहद्वारा निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् ।

गत बैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित अन्य विभिन्न उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दिएक हुन् ।

निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेमा ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट असार १२ गते नै निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको दावी गरेका छन् ।

उनले समयमा खर्च विवरण बुझाउँदा बुझाउँदै ७ लाख ५० हजार जरिवाना तिर्न लगाउने, ६ महिनाभित्र नबुझाए ६ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने, निर्वाचित भए पदमुक्त हुनेलगाएत आयोगले गरेको निर्णय बदरको माग पनि गरेका छन् ।

आयोगले शाहले समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै ७ लाख ५० हजार जरिवाना तिराउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय