काठमाडौं । मधेश प्रदेश नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन हुनुभएको छ ।
जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेतामा सर्वसम्मत चयन गरेको हो ।
गत मंसिर ४ गते भएको आम निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ (१) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।
मधेश प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ सांसद छन् ।