म्याच फिक्सिङबारे प्रमाण पेश गर्न क्यानको आग्रह

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे क्यानलाई बुझाइदिन आग्रह गरेको छ।

बुधबार एक विज्ञप्तिमार्फत क्यानले मंगलबार देखि म्याच फिक्सिङको विषय झनै उग्र रुपमा चलेको र क्यानमा म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक भएको जनाएको छ।

क्यानको विज्ञप्तिमा भनिएको छ, ‘म्याच फिक्सिङ भयो भन्ने हल्ला भ्रामक हो। यदि यो विषयमा कुनै प्रमाण भए क्यानलाई बुझाएर सहयोग गरिदिनु होला।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय