काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाललाई सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।
आज बुधवार प्रधानमन्त्री प्रचण्डले नेकपा ९माओवादी केन्द्रको० संसदीय दलको कार्यालय सिंहदरबारमा अध्यक्ष नेपाललाई भेटेर सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । अध्यक्ष नेपालले भने पार्टीभित्र छलफल गरेर मात्रै टुङ्गोमा पुग्न सकिने जवाफ दिनुभयो ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारमा जाने बेलामा आफूसँग छलफलसमेत नगरेको भन्दै नेपालले गुनासो गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी छ । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले एक सय ३८ सांसदको समर्थन लिनुपर्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाललाई सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।