बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश

काठमाडौं । बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति सीएफ इन्टरसिटीलाई अतिरिक्त समयमा ४–३ ले हराउँदै बार्सिलोनाले अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको चौंथो मिनेटमा रोनाल्ड अरुजोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा इन्टरसिटीका ओरिओल सोल्डेभिला पुइगले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

६६ औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । ७४ औं मिनेटमा पुइगले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

७७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए । तर ,८६ औं मिनेटमा पुइगले ह्याट्रिक पूरा गर्दै इन्टरसिटीलाई ३–३ को बराबरीमा ल्याए ।

निर्धारित ९० मिनेटमा खेल बराबरी भएपछि अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयको १३ औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई खेलमा पुनः ४–३ ले अघि बढाए । त्यसपछि थप गोल हुन नसकेपछि बार्सिलोना ४–३ ले विजयी भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय