काठमाडौं । सरकारले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते निर्णय लिएको हो।
एकजना मन्त्रीका अनुसार राष्ट्रियसभा सदस्यको एक पदका लागि उपनिर्वाचन गर्न लागिएको हो।
राष्ट्रियसभामा नेकपा एमालेका प्रमुख सचेतकसमेत रहेका खिमलाल भट्टराईले मंसिर ४ को निर्वाचनअघि राजीनामा दिएका थिए। उनी लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए।
उनले राजीनामा दिएपछि खाली रहेको उक्त पदका लागि उपनिर्वाचन गर्न लागिएको हो।