ओली र राष्ट्रपतिबीच भेट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएको छ। बिहीबार(आज) बिहान राष्ट्रपति भवन शीतलनिवास पुगेर ओलीले राष्ट्रपति भण्डारीसँग भेट्नुभएको हो ।

नयाँ सरकार गठनपछि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउनै लाग्दा सत्ता घटकका एक प्रमुख नेता ओली राष्ट्रपतिलाई भेट्न पुग्नुभएको हो।

आउँदो २५ गते प्रतिनिधि सभाको पहिलो बैठक बोलाइएको र २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ। यीलगायत समसामयिक विषयमा राष्ट्रपति र ओलीबीच छलफल भएको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय