काठमाडौं । नेपाली बजारमा सुनको बिक्री नभएपछि विदेशबाट हुने आयात रोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बजारमा सुनको माग नभएपछि विदेशबाट हुने सुनको आयात रोकिएको जनाएको हो ।
महासंघका अध्यक्ष मणिकरत्न शाक्यले अफ सिजन भएकाले माग नभएको र आयात समेत रोक्न अनुरोध गरेको बताए। महासंघले सुन आयात गर्ने जिम्मेवारी पाएको नेपाल बैंकर्स संघलाई सुन आयातको सिफारिस रोक्न अनुरोध गरेअनुसार आयात रोकिएको हो ।
वाणिज्य बैंकहरूले केन्द्रीय बैंकको स्वीकृतीमा सुन आयात गर्दै आइरहेका छन्। व्यवसायीहरूले वाणिज्य बैंकसँग बजारको मागअनुसार सुन उठाउने गरेका छन्।