नेकपा एसद्वारा वाम एकता गर्न वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी)ले वाम एकताका लागि कार्यदल गठन गरेको छ ।आज बसेको केन्द्रीय सचिवालय बैठकले महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो ।

कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य छन् । कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने प्रवक्ता उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

केन्द्रीय सचिवालय बैठकले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे पनि निर्णय गर्ने खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय