काठमाडौं । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आह्वान गर्नुभएको छ ।
प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले आउँदो सोमवार बजेभित्र दाबी पेश गर्नुपर्ने छ ।
गुरूङ्ले नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेश सरकार गठनका लागि आब्हान गर्नुभएको हो । कुनै पनि दलको बहुमत नआएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन आह्वान भएको हो ।