अमेरिकी संसदमा ६ पटक मतदान गरे पनि सभामुख निर्वाचित भएन

काठमाडौं । अमेरिकी संसदमा ६ पटक मतदान गरे पनि सभामुख निर्वाचित हुन सकेको छैन ।

रिपब्लिकन नेता केभिन म्याकार्थी प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवार भएपनि। मङ्गलबारदेखि बुधबारसम्म ६ पटक मतदान भए पनि बहुमत ल्याउन सक्नुभएन । अमेरिकामा सय वर्षमा पहिलोपटक सभामुखबिना नै सदन स्थगित गर्नुपर्ने घटना भएको हो ।

आज सातौं पटक सभामुख पदका लागि संसदमा मतदान हुँदैछ । सन् १९२३ पछि पहिलो पटक सभामुखको निर्वाचन भोटिङमा हुन नसकेपछि यस्तो भएको हो ।

नोभेम्बरमा भएको निर्वाचनपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो । म्याकार्थीलाई जित्नका लागि केही मत आवश्यक थियो । तर, उहाले आफ्नै पार्टीमा विरोधको सामना गर्नुपरेको थियो ।

केभिनलाई विजयी हुन २१८ मत आवश्यक थियो । रिपब्लिकन पार्टीसँग २२२ सिट भए पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु उनीहरुको विपक्षमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय