काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’ लागू भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि टाइम कार्ड लागू गरेको हो।
प्रशासनले ९ सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ। सेवा प्रवाहलाई सहजीकरण गर्न काठमाडौं प्रशासनले विभिन्न ९ सेवामा ‘टाइम कार्ड’ लागू गरेको जनाएको छ। त्यसअन्तर्गत राष्ट्रिय परिचयपत्रदेखि मुद्दा फैसलासम्मका सेवा समेटिएका छन्।
जिप्रकामा ‘टाइम कार्ड’ लागू भएसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अवलोकन-निरीक्षण गरेका छन्। कुन सेवालाई कति समयभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागू गरिएको छ।