युक्रेनमा रूसद्वारा ३६ घण्टे युद्धविराम घोषणा

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि ३६ घण्टा कुनै प्रकारको हमला नगर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।

आज दिउँसोदेखि भोलि राति १२ बजेसम्मका लागि रुसी राष्ट्रपति पुटिनले युद्धविरामको घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यामले जनाएका छन् ।

रुसका ईसाई धर्मगुरु किरिलको अपिलका आधारमा राष्ट्रपति पुटिनले अर्थोेडक्स क्रिसमस पर्वका अवसरमा अस्थायी युद्धविराम घोषणा गरेको क्रेमलिनले जनाएको छ । अर्थोडक्स क्रिसमस रुस, ग्रीस, इथियोपिया, इजिप्ट लगायत पूर्वी युरोपका देशमा मनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय