प्रधानमन्त्रीद्वारा पाल्पा बस दुर्घटनाप्रति दु:ख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूप्रति दु:ख व्यक्त गरेका छन् ।

आज शुक्रबार ट्वीट गर्दै उनले दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल समेत गरेका हुन् ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका-८ मधुवन टारीफाँट नजिकै बिहिबार राति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा १६ जना घाइते भएका थिए । प्रधानमन्त्री दाहालले मृतकका आफन्तहरुप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो लेखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय