निराकार पाण्डेको शव ल्याउन सरकारले सहयोग गर्ने

काठमाडौं । सरकारले कम्बोडियामा ज्यान गुमाएका नीराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रवार आज सरकार प्रवक्ता एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी गराउनु भएको हो ।

यस्तै बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका बेला ज्यान गुमाएका बाजुराका सञ्जीव ऐरी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनु भयो।

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ । अर्थमन्त्री पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चिताका लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने निर्णय भएको बताउनु भएको हो ।

उहाँले सरकारले राष्ट्रिय सभा सदस्य उपचुनाव माघ २५ गते गर्ने निर्णय गरेको जानकारी दिनुभयो । साथै, सरकारले अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय