गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको वरिष्ठ अधिवक्ता भण्डारीको दाबी

काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको दाबी गर्नुभएको छ ।

वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्च अदालतमा भइरहेको सुनवाइको क्रममा गृहमन्त्री लामिछाने नेपाली नागरिक नै नभएको दाबी गर्नुभएको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा लामिछानेको नागरिकता विवादमा सुनुवाइ हुँदा भण्डारीले लामिछाने गृहमन्त्रीमा रहिरहन नमिल्ने जिकिर समेत गर्नुभयो ।

मङ्सिर २८ गते दर्ता भएको रिटमा पुसको ६ गते पेसी सूचीमा चढ्दा विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश प्रयोजनका लागि पुस २२ गते ९शुक्रवार० छलफलका लागि बोलाएको थियो ।

बिहीबारसम्म सांसद पदमा रही कामकारबाही नगर्न नगराउन किन अन्तरिम आदेश जारी गर्नु नपर्ने हो सो विषयमा स्पष्ट पार्न लिखित जवाफ बुझाउन भनिएको थियो । बिहीबार अपराह्नसम्म विपक्षी संसद् सचिवालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँले मात्रै लिखित जवाफ पेस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय