नेपालमा आज थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा आज शुक्रबार थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २२१ जनाको पीसीआर र ५७२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ३ जना संक्रमणमुक्त भएका छन् भने देशभर २१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय