काठमाडौं । प्रतिनिधि सभाको सभामुखको निर्वाचन आउँदो माघ ७ गते र उपसभामुखको ९ गते गर्ने तयारी गरिएको छ।
आज बसेको सर्वदलीय बैठकमा उक्त मितिमा निर्वाचन गर्ने विषयमा समेत छलफल गरिएको बैठकमा सहभागी राप्रपाका सांसद ध्रुबबहादुर प्रधानले बताउनुभयो। मंसिर ४ गतेको निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ मा बोलाइएको छ। पहिलो बैठक सञ्चालनबारे संघीय संसद् भवन बानेश्वरमा आज सर्वदलीय बैठक भएको हो।
सत्ता साझेदार दलमा सभामुख नेकपा एमाले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी वा माओवादी केन्द्रले लिने तय भएको छ।
पुस २६ को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका छ।