काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताउनुभएको छ ।
संसद भवनमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यसमा कुनै शंका नगर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले प्रचण्डलाई समर्थन गर्छौं भनेर राष्ट्रपतिकोमा गएर लिखित रुपमा हस्ताक्षर गरिसकेका छौं, मत दिन्छौं ।’
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत हासिल गर्नेमा ढुक्क रहेको बताउनुभएको छ ।