काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग पार्टी एकता नहुने बताएका छन् ।
आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले विचार मिल्नेसँग एकताका लागि पहल सुरु गरिएको भएपनि एमालेसँग अहिलेको अवस्थामा एकता हुन नसक्ने बताएका छन् ।
त्यस्तै अध्यक्ष नेपालले पार्टी एकताका लागि जसपालगाएतका दलसँग छलफल भइरहेको पनि बताए ।फरक प्रसङ्गमा उनले समय आएपछि मात्रै सरकारका विषयमा आवश्यक निर्णय गर्ने बताए ।
राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने उनको भनाई छ । उनले प्रधानमन्त्री प्रचण्डसँग पनि यस विषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउँछ भन्ने हेर्न बाँकी रहेको बताएका छन् ।