काठमाडौं । २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन् । प्रारम्भिक चरणमा रहेका ४१ खेलाडीबाट ११ जना बाहिरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाका अनुसार बन्द प्रशिक्षणमा अब ३० खेलाडी रहेका छनन् ।
बङ्गलादेशको ढाकामा आयोजना हुने २० वर्षमुनीको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीले तयारी गरिरहेका छन् । तयारीका लागि मुख्य प्रशिक्षक यम गुरुङले प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गर्नुभएको थियो ।