प्रचण्ड सरकारबारे धारणा तय गर्न कांग्रेसको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसद्को पहिलो बैठक र प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक बस्ने स्थान र समय आजमात्र तय हुने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । त्यसअघि भोलिपल्ट पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय