बाबुराम र प्रचण्ड फेरि एकसाथ देखिने सम्भावना कति ?

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ। आज शनिबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको भेटमा दुई पार्टीबीचको एकता प्रक्रियाका विषयमा छलफलल भएको छ।

दुई शीर्ष नेताको भेटमा सहभागी नेपाल समाजवादीका नेता विश्वदीप पाण्डेले समसामयिक राजनीति लगायत विविध विषयमा अन्तरङ्ग छलफल भएको बताए।

बालुवाटार मा भएको भेटमा पार्टी एकताको मोडेल, विश्वासको मतका लागि राम्रो वातावरण बनाउने लगायतका विषयमा छलफल भएको थियो। पार्टी एकतालाई मूर्त रुप दिन नेकपा माओवादी केन्द्रले आफ्नो पदाधिकारी बैठकबाट औपचारिक रुपमा अघि बढाउने भएको छ।

पार्टी एकताको विषय अघि बढेको र कार्यगत एकताका विषयमा कुराकानी भइहेको र पार्टीको नामका विषयमा पनि दुई दलबीच परामर्श भइरहेको नेताहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय