प्रतिनिधिसभाको पहिलो बैठकमा सहभागि हुने तयारी गर्न सांसदलाइ काँग्रेसको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदहरूलाई निर्देशन दिएको छ । आज पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टीका सांसदहरूलाई प्रतिनिधि सभाको पहिलो बैठकमा उपस्थित हुन तयारीका लागि निर्देशन दिएको हो ।

बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा केके हुन्छन् र सांसदहरूले के गर्ने भन्ने बारेमा पनि सांसदहरूलाई जानकारी गराएको प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।

पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरूले केके गर्ने भन्नेबारेमा पनि जानकारी गराइएको बताउनुभयो ।

संसदमा काँग्रेसले निर्वाह गर्नुपर्ने भूमिका र तयारीका बारेमा पनि सांसदहरूलाइ जानकारी गराइएको छ । प्रमुख सचेतक लेखकले सांसदहरूलाई औपचारिक पोशाक लगाएर मात्रै संसद् बैठकमा सहभागी हुन निर्देशन दिनुभयो ।

सकेसम्म दौरा, कोट, प्यान्ट र सारी लगाएर आउन र जिन्स प्यान्ट नलगाउन उहाँले सांसदहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय