काठमाडौं । २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि सङकटा क्लबले जितेको छ । आज पोखरा रंगशालामा भएको फाइनल खेलमा सङ्कटाले अमेरिकाको भुटानी युथ स्पोट्र्स क्लबलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
सङ्कटाले यसअघि १९ औं संस्करणको उपाधि जितेको थियो ।
उपाधिसँगै सङ्कटाले १२ लाख र उपविजेता भुटानी युथ स्पोट्र्सले ६ लाख रुपैयाँमा पुरस्कार प्राप्त गरेका छन् ।