निर्मला कुर्मीको न्याय माग्दै गोविन्द केसी माइतीघरमा

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा बिरोध प्रदर्शन भएको छ । आज महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा उनीहरुले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यू महिलाहरु सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो ? लगायतका प्लेकार्ड बोकेर सांकेतिक विरोध जनाएका थिए ।

बिरोध कार्यक्रममा बोल्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले प्रतिवद्धता जनाएको एक वर्ष बितिसक्दासमेत घटनामा संलग्नमाथि अनुसन्धान सुरु नगरेको भन्दै विरोध जनाउनुभयो । डा.केसीले अपराधीहरुलाई राजनीतिक दलहरुले नै संरक्षण गरेको आरोप लगाउनुभएको छ ।

बाँकेकी निर्मला कुर्मी बेपत्ता पारेको घटनामा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य निर्वाचित बादशाह कुर्मी आरोपित छन् । उनी ४ मंसिरको प्रदेशसभा चुनावमा लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय