नेसपाले नमाओवादी केन्द्रसँग एकता गर्नका लागि वार्ता टोली बनाउने

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता टोली बनाउने भएको छ ।

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

डा. भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

समितिलाई माओवादी केन्द्रलगायतका अन्य पार्टीहरूसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने उहाँले बताउनुभायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय