काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज सपथ ग्रहण गर्दै हुनुहुन्छ । कार्कीले आज दिउँसो २ बजे शपथ ग्रहण गर्नुहुने छ ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा कार्कीलाई हिजो मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणको विषयलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । अहिले रहेका १३ मन्त्रालयलाई ९ या ११ वटामा झार्ने कार्कीको भनाइ थियो ।
९ मन्त्रालय रहे माओवादी केन्द्रले ३, राप्रपाले १ र एमालेले ५ मन्त्रालय राख्ने तयारी गरेको छ । ११ मन्त्रालय रहँदा एमालेले ६ माओवादीको भागमा ३ र राप्रपालाई २ दिने एमालेको तयारी रहेको छ ।