प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने कुरामा ढुक्क छु : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने कुरामा आफू ढुक्क रहेको बताएका छन् ।

निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा सम्वोधन गर्दै अध्यक्ष ओलीले साथसाथै चुनौती पनि रहेको बताएका छन् । उनले सरकारका लागि सहज परिस्थिति भने नरहेको बताए । नयाँ चुनावपछि देशले परिवर्तन खोजिरहेको बताउँदै अहिले सरकार गठनबाटपनि परिवर्तन देखिएको बताए ।

उनले देश र जनताको लागि काम गर्नका लागि सांसद र सरकार भएर आएको बताउँदै जनताले केही नयाँ परिवर्तनको आशा राखेर नयाँ राजनीतिक पार्टी संसदमा आएको उल्लेख गरे ।

व्यक्तिको मानसम्मानका लागि नभई देश चलाउन, देशमा उन्नती प्रगति गर्न र जनताका लागि काम गर्न सरकार बन्नुपर्ने बताउँदै त्यसैअनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले नयाँ दलहरुलाई शुभकामना पनि ब्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय