काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका नयाँ/पुराना सबै फाइल खोल्नुपर्ने बताएका छन् ।
आज सोमवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले अहिलेसम्म भएका भ्रष्टाचारको दाग यो संसद्ले बोकेर बस्न नहुने भन्दै यो काम गर्नका लागि अरू दलले प्रतिबद्धता जनाएकैले आफ्नो पार्टी सरकारमा सहभागी भएको बताए ।
उनले छातीमा हात राखेर आफू र आफ्ना पार्टीका सांसदले कुनै पनि अनियमितता नगर्ने र देशको शिर झुक्न नदिने बताए ।