काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न एमाले संसदीय दलका नेत खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका छन् ।
केन्द्रीय सत्तारुढ दलमा हिजो बेलुकामात्र भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेपछि प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन आज अधिकारीले दाबी पेश गरेका हुन् ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ ९३३ जना० को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका छन् ।