काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदमा उपस्थित भएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा उनले विगतमा आफ्नो नाम पनि लिन निषेध रहेको भन्दै उहाँले अहिले लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतले सम्भव भएको धारणा राखे ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै राउतले भने, कुनै बेला मेरो नाम मात्रै लिन पनि निषेध गरिएको थियो, त्यो ठाउँमा आज आफैं आएर उभिँदा नयाँ अभुनूति दिएको छ ।
लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई उनले धन्यवाद व्यक्त गरे । आफूम आवेग मात्रै नभएर अग्रजहरूप्रति सम्मान पनि रहेको र नयाँ दलहरूमा रहेको आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षा भएको उनको भनाइ छ ।