काठमाडौं । रोबर्टो मार्टिनेज पोर्चुगलको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । स्पेनिस प्रशिक्षक मार्टिनेजले पोर्चुगलसँग साढे तीन वर्षको सम्झौता गरेका छन् ।
मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गर्दै पोर्चुगलले मार्टिनेजलाई जिम्मेवारी दिएको हो । कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि सान्तोस बर्खास्तमा परेका हुन् ।
यस्तै ४९ वर्षीय प्रशिक्षक मार्टिनेजले कतार विश्वकपपछि बेल्जियमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
कतार विश्वकपको समूह चरणबाट बाहिरिएपछि मार्टिनेजले राजीनामा दिएका थिए ।