ओली र प्रचण्डबीच विग्रहको कारक बन्नसक्ने गगन थापाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधिसभा विघटन प्रतिगमन थियो कि थिएन भन्ने बहस फेरि सुरु भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक ठाउँमा अप्ठ्यारोमा परेको बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले बोल्दा एकअर्कालाई समर्थन गरेको तर एउटा अवस्थामा प्रचण्ड अलमलमा परेको आफूले देखेको उहाँको दाबी थियो ।

यो सामान्य अलमल नभएको र ओली र प्रचण्डबीच विग्रहको कारक बन्नसक्ने उहाँको दाबी छ ।

यो नेपालको संविधान र संवैधानिक व्यवस्थलाई कसरी लिने भन्नेसँग जोडिएको भन्दै उहाँले आजको पहिलो बैठकमा उहाँहरुले गरेको सम्बोधनले के संकेत गर्छ भने जुन विषय अघिल्लो प्रतिनिधिसभामा उहाँहरुको बीचको विग्रहको कारक बन्यो, यो विषयको विजारोपण आज भयो र यो नै विग्रहको कारण बन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय