फ्रान्सका कप्तान लोरिसद्वारा सन्यासको घोषणा

काठमाण्डाै – फ्रान्सका कप्तान एवम् गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

३६ वर्षका लोरिस २१ वर्षको उमेरमा सन् २००८ मा उरुग्वेसँग खेल्दै डेब्यु गरेका थिए । लोरिसले फ्रान्सका लागि १ सय ४५ खेल खेलेका छन् ।

लोरिसको कप्तानीमा फ्रान्सले सन् २०१८ को विश्व कप फुटबलको उपाधि जितेको थियो । यस्तै कतार विश्व कपमा उपविजेता बनेको थियो।

लोरिसले कतार विश्व कप सकिएको तीन हप्तापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनी इङ्ग्लिस क्लब टोटनह्यामका समेत कप्तान थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय