काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन्। जारी प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सांसदसँग विश्वासको मत मागेका हुन्।
प्रचण्डले सहमति, सहकार्य र सुशासनका लागि आफू प्रधानमन्त्री बनेको भन्दै विश्वासको मत दिन आग्रह गरे। प्रचण्डले भने, ‘विश्वासको मत पाए इमान्दारका साथ कार्यकाल पूरा गर्छु। जनताका इच्छा र चाहना पूरा गर्छु।’