ओली भन्छन्– कांग्रेसले विश्वासको मत दिने निर्णय लोकतन्त्रमा नयाँ भाष्य स्थापित भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकोमा लोकतन्त्रमा नयाँ भाष्य स्थापित भएको बताउनु भएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले दाहालाई विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति धन्यवाद दिदै त्यसले नेपाली राजनीतिमा नयाँ मान्यता स्थापित भएको बताउनु भएको हो ।

ओलीले कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिने निर्णय गर्नु स्वागत योग्य भएको भन्दै अब संसदमा प्रतिपक्ष नभएको बताउनु भयो । दाहाललाई नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने विश्वासको मत नदिने निर्णय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय