काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१ हजार ९२ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित भेटिएका हुन् । यही अवधिमा ३ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा खोपको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २५ रहेको छ ।