प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ र विपक्षमा २ मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव पेस गर्नुभएको थियो ।

आज भएको मतदानमा विश्वासको मतको पक्षमा २६८ मत परेको थियो। यस्तै विपक्षमा २ मत परेको थियो। मतदानमा २७० सांसदको उपस्थिति थियो।

आज १ बजे सुरु भएको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्तावमाथि छलफलमा भाग लिँदै अधिकांशले मत दिने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर