काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वसाको मत कुनै फाइदाका लागि दिएको हो भने त्यो सफल नहुने बताउनुभएको छ ।
अध्यक्ष ओलीले भने काँग्रेसले पनि विश्वासको मत दिएपछि संसद्मा अब प्रतिपक्षी नै नरहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले राखेको प्रतिबद्धता स्वागतयोग्य भएको पनि अध्यक्ष ओलीको भनाइ रहेको थियो । विश्वासको मत दिएकोमा उहाँले काँग्रेसलाई धन्यवाद समेत दिनुभयो । अध्यक्ष ओलीले काँग्रेस सभापति देउवाले डेमोक्रेसीुको नयाँ भाष्य बनाएको टिप्पणी पनि गर्नुभयो ।
काँग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि अब संसद्मा राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टी मात्रै प्रतिपक्षी दलको रुपमा रहने छन् । अध्यक्ष ओलीले भने काँग्रेसले पनि विश्वासको मत दिएपछि संसद्मा अब प्रतिपक्षी नै नरहेको बताउनुभयो ।