दक्षिण कोरियाली नागरिकलाई चीन प्रवेशमा रोक

काठमाडौं । चीनले दक्षिण कोरियाली नागरिकलाई चीन प्रवेशमा रोक लगाएको छ ।

दक्षिण कोरिया भ्रमण गर्ने चिनियाँ यात्रीलाई दक्षिण कोरीयाले कोरोना–१९ परीक्षण नकारात्मक हुनुपर्ने नियम लगाएपछि चीनले पनि दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको हो ।

सोलस्थित चिनियाँ दूतावासका अनुसार दक्षिण कोरियाली नागरिकलाई पर्यटन वा व्यापारको लागि चीन जाने प्रवेशाज्ञा निलम्बन गरिएको छ ।

सोलले चिनियाँ नागरिकमाथिको भेदभावपूर्ण व्यवहार नहटाएसम्म कोरियालीमाथिको प्रतिबन्ध लागू रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय