काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सजिलैसँग प्रधानमन्त्री नबनेको बताएका छन् ।
आज वाईसियलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिक्रियावादीको घेराबन्दी तोडेर मात्रै आफू प्रधानमन्त्री बनेको बताएक हुन् ।
यस्तै उहाँले यो अवसरलाई त्यतिकै खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै यो पटक सरकार र पार्टी दुबै सफल हुने कुरा सिंगै राष्ट्र र इतिहासका लागि अविष्मरणी परिघटना हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।