प्रहरी प्रधान कार्यालयद्वारा १७ डीआईजीको काज सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १७ प्रहरी नायव महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ।

बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुवँर मधेश प्रदेश प्रहरी कार्यालयमा पुगेका छन्।

मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका छन्। हेडक्वार्टरमा रहेका डिआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा पुगेका छन्।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका श्यामलाल ज्ञवालीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङ पठाइएको छ। मोरङमा कार्यरत डीआईजी सुदीप गिरीलाई नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो नक्साल तानिएको छ।

प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय काठमाडौंका डीआईजी भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले १७ प्रहरी नायव महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय