काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष शपथ ग्रहण गर्नुभएको हो।
प्रदेश राजधानी दाङको देउखुरीमा आयोजित शपथ ग्रहण कार्यक्रममा गिरीसहित अन्य २ जना मन्त्रीहरुले पनि शपथ ग्रहण गर्नुभएको छ ।
मुख्यमन्त्री गिरीसँगै एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको हो ।