सभामुख र उपसभामुखको निर्वाचनबारे काँग्रेसले छलफल गर्ने

काठमाडौं । सङ्घीय संसदको सभामुख र उपसभामुखको निर्वाचनमा अरु दलसँग छलफल गरेर नेपाली काँग्रेसले निर्णय लिने भएको छ । माघ ५ मा सभामुखको निर्वाचन हुने भएपछि आज काँग्रेसका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

बैठकले सरकारमा रहेका र नरहेका राजनीतिक दलसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको नेता प्रकाशसरण महतले जानकारी दिनुभयो ।

सभामुख÷उपसभामुखको निर्वाचनमा एक्लै प्रतिस्पर्धामा उत्रँदा विजयी हुने अवस्था नरहेका कारण अरु दलसँग छलफल गर्ने निर्णय भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय