काठमाडौं । अष्ट्रेलियाले आगामी मार्चमा संयुक्त अरब इमिरेट्स (युएई)मा हुने भनिएको अफगानिस्तानविरुद्धको पुरुष एकदिवसीय सिरिज नखेल्ने भएको छ ।
क्रिकेट अष्ट्रेलियाले एक विज्ञप्ती जारी गर्दै अफगानिस्तानविरुद्धको पुरुष एकदिवसीय सिरिज नखेल्ने जानकारी गराएको हो ।
अफगानिस्तान सहित विश्वभरका महिला र पुरुषहरूको लागि खेलको विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको भन्दै क्रिकेट अस्ट्रेलियाले अफगानिस्तानमा महिला र बालिकाहरूको लागि सुधारिएको अवस्थाको प्रत्याभुत भएमा त्यहाँको क्रिकेट बोर्डसँग साझेदारी जारी रहने बताएको छ ।
अष्ट्रेलिया र अफगानिस्तानबीच तीन खेलको एकदिवसीय सिरिज हुने तालिका रहेको थियो ।