काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।
आज चितवनमा कुखुरापालनसँग सम्बन्धित व्यवसायीहरूसँग भएको छलफलका क्रममा भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारणस्वदेशी व्यावसायी मर्कामा परेको गुनासो सुनेपछि मन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।
लामिछानेले तत्कालै नेपालगञ्ज, सिन्धुली र सर्लाहीका सुरक्षा अधिकारीहरुलाई टेलिफोन गरेर अवैध आयात रोक्न निर्देशन दिनुभएको नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिका पोखरेलले जानकारी दिए । भारतसँग खुला सिमाना भएकाले नेपालमा अबैध बाटो हुँदै अण्डा, चल्ला र कुखुरा भित्रिने गरेका छन् ।
जसका कारण नेपालमा उत्पादित कुखुरा, अण्डाको कारोवार घटेको भन्दै व्यवसायिले चिन्ता व्यक्त गर्दै आएका छन् ।